२८ पुस, सप्तरी । सडकमा छाढा छाडिएको साढेको आक्रमणबाट सप्तरीमा एक बृद्धाको ज्यान गएको छ । काम विशेषले घर बाहिर निस्केकी छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी ८० वर्षिया दुर्गिदेवी साहको साढेको आक्रमणमा ज्यान गएको हो ।
सोमबार राती १० बजेतिर घर नजिकै साहलाई साढेले आक्रमण गरेको डिएसपी भुवनेश्वर साहले बताए । साढेले हानेर गम्भिर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
मंगलबार बिहानै घटनास्थलमा पुगि प्रहरीले थप अनुसन्धान थालेको डिएसपी साहले बताए । सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धीत निकायले वेवास्ता गर्दा यस्तो दुखद घटना भएको भन्दै स्थानियले आक्रोस व्यक्त गरेका छन् । उनीहरुले तीनको अविलम्ब व्यवस्थापन गर्न माँग समेत गरेका छन् ।