२०८१ चैत्र ११ गते सोमवार

देउखुरीमा अबैध चिरान काठ सहित दुई जना पक्राउ



२८ पुस, दाङ । देउखुरीमा अबैध चिरान काठ सहित दुई जना पक्राउ परेका छ्न । मंगलवार बिहान करिब ४ बजे तिर गढवा गाउँपालिका वडा नम्बर २ महादेवा चोक स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टको नेतृत्वमा गएको टोलीले रा १ ख ९९५ नम्बरको टिप्पर र टिप्परमा लुकाएर राखेको ६३ थानको ६२,६६ क्युफिट सालको चिरान काठ बरामद गरेको हो ।
टिप्पर र काठ सहित पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी बस्ने सुकुर मियाको छोरा वर्ष ३९ को सल्ली र राप्ती गाउँपालिका वडा नम्बर ६ सगरापुर बस्ने चेजराम चौधरीको छोरा बर्ष ४२ का पृथिपाल चौधरी रहेका छ्न । प्रहरी निरीक्षक भट्टका अनुसार पक्राउ परेको काठ र व्यक्तिलाई डिभिजन वन कार्यालय लमहीलाई आवश्यक कार्वाहीका लागि बुझाइएको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्