२०८२ बैशाख ९ गते सोमवार

दिल्लीमा पनि कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज



२८ पुस । भारतमा कोरोनाभाइरस भ्याक्सिन विभिन्न सहरमा पुर्याउने अभियान सुरु भएको छ । योसँगै भारतको राजधानी दिल्लीमा पनि कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज पुगेको छ ।

भारतका एयर इन्डिया, इन्डिगो एयरसहित ९ एयरलाइन्सले ५६।५ लाख डोज भ्याक्सिन दिल्लीका विभिन्न ठाउँमा पुर्याएका हुन् ।

भारतमा पछिल्ला दिन कोरोना संक्रमण रोकिएको छैन । पछिल्लो २४ घन्टामा भारतमा १२ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । त्यहाँ १ सय ६७ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या एक करोड चार लाख ७९ हजार पुगेकोछ ।

भारतमा १६ जनवरीदेखि कोरोनाभाइरस भ्याक्सिन लगाउने अभियान सुरु हुँदैछ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्