२५ मंसिर,घोराही- घोराहीमा ३ दिने आधारभुत पत्रकारिता एवं उदघोषण तालिम सुरु भएको छ । कृयाशिल पत्रकार महिला दाङको आयोजना एब घोराही उपमहानगरपालिका वडा न १४ को आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।
कृयाशिल पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा न १४ का का अध्यक्ष शक्तिराम डागिले पत्रकारिता क्षेत्र संबेदनसिल र जटिल पेसा भएको बताउनु भयो ।
उहा कम्तिमा पनि कुनै ब्यक्ती दिन सक्ने नभए पनि आफ्नो अधिकार लिन सक्ने बन्न आग्रह गर्दै तालिम अबधी भर सिकेका कुराहरू ब्य्बहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
साथै उहाले सन्चार क्षेत्रमा आफ्नो वडाले सदैभ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यस्लाइ निरंतरता दिने बताउनुभयो । कार्यक्रममा दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतमले समाज रुपान्तरणका लागी सन्चार कर्मिको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । उहाले पछिल्लो समय स्थानीय तहहरु यश तर्फ गम्भीर भएर लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
दाङका सल्लाहकार सन्धया रेग्मीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सर्मिला डिसिले गर्नुभएको थियो । उक्त तालिमको पहिलो दिनको प्रशिक्षकमा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष एब धधव दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतम, महासघ दाङका उपाध्यक्ष सन्तोस सुबेदि रहनु भएको थियो । तालिममा २१ जनाको सहभागीता रहेको छ ।।