२५ मंसिर,घोराही –
नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जनाको उम्मेद्वारी परेको छ । आज बेलुुका ५ बजेसम्मको समयसीमामा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उमेद्वारी दर्ता गराउनुभएको हो । निधि, गुरुङ र न्यौपानेबाहेक सबैले प्यानलसहित उम्मेदवारी दिएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णवहादुर खड्का महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दिनुभएको छ ।
यस्तै सहमहामन्त्रीमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवन शाही उमेदवार बन्नुभएको छ ।
कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले मनोनयन दर्ता गर्नुभएको छ ।
सहमहामन्त्री खसआर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, जनजातिबाट विकास लामा, महिलाबाट कमला पन्त, मधेसीबाट रामृष्ण यादव, थारुबाट तेजुलाल चौधरी र मुस्लिम समुदायबाट वकिल मियाँले उम्मेदवारी दिनुभएको छ ।
सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराउनुभयो । केन्द्रीय सदस्यमा १ सय बढीको उम्मेद्वारी परेको छ ।
कांग्रेसको १४ औं महाधिवेशनले सभापति १, उपसभापति २, महामन्त्री २,सहमहामन्त्री ८ गरि १३ पदाधिकारीसहित १ सय ३४ जनालाई निर्वाचित गर्नेछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पर्सी मतदान हुँद