२०८१ माघ ४ गते शुक्रवार

नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको आज ३५ वर्ष पूरा



२५ मंसिर,घोराही- नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको आज ३५ वर्ष पूरा भएको छ । दाङको बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको ३५ बर्ष पुरा भएको हो । दाङमा संस्कृत भाषा संरक्षण गर्ने उद्देश्यले २०४३ सालमा स्थापना भएको विश्वविद्यालय आजदेखि ३५ वर्षमा पुगेको छ ।

स्थापनाको ३५ औं वर्ष पुग्दै गर्दा विश्वविद्यालयले भने उद्देश्यअनुसार कार्यसम्पादन गर्दै आएको बताएको छ । विश्वविद्यालयको स्थापना दिवसको अवसरमा हिजो नेपाल संस्कृत विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ ।

विश्वविद्यालयमा २५ वर्ष सेवा अवधि पूरा गरेका , सेवा अवधि पूरा भएर निवृत्त भएका ९९ जना प्राध्यापक, कर्मचारीहरूलाई सेवा पदक प्रदान गरिएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्