२०८१ माघ १२ गते शनिवार

तुलसीपुरमा पहिलो पटक सफल प्याराग्लाईडिङ परीक्षण



२५ मंसिर,दाङ-
दाङको तुलसीपुरमा पहिलो पटक सफल प्याराग्लाईडिङ परीक्षण गरिएको छ । तुलसीपुर ३ अम्बासमा पहिलो पटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । तुलसीपुरमा विहीबारदेखि सुरु भएको प्रथम प्रादेशिक फेष्टिभल २०७८ अन्तर्गत प्याराग्लाईडिङ सेवा पनि सुरु भएको हो ।

अम्बासबाट पहिलो पटक चार वटा प्याराग्लाईडिङको परीक्षण गरिएको प्याराग्लाईडिङ तथा हेलिकप्टर व्यबस्थापन समितिका संयोजक हेविन्द्र शाहीले बताउनुभयो । अम्बासबाट उडान सुरु गरेको प्याराग्लाईडिङलाई सिरखोलामा ल्यान्डिङ गर्ने गरिएको छ ।

साथै एक पटकको प्याराग्लाईडिङको शूल्क सात हजार पाँच सय रुपैया तोकिएको छ । उक्त महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्