२४ मंसिर,घोराही-
दाङका ५ वटा पालिका कोरोना संक्रमण मुक्त भैसकेका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार जिल्लाका बबई, बंगलाचुली, गढवा, शान्तिनगर र राजपुरमा कोरोना विरामीको संख्या शुन्यमा झरेको छ । त्यस्तै शुक्रबार दाङमा कोरोना भाईरसका नयाँ संक्रमित थपिने संख्या शुन्य रहेको छ । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् भने ३ जना निको भएका छन् ।
निको हुनेमा घोराहीका २ र गढवाका एक महिला रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ । वैशाखयता मात्रै दाङमा ९ हजार ७० संक्रमित निको भएका छन् भेन संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ९ सय ११ पुगेको केन्द्रले जानकारी दिएको छ ।
कोरोनाका सक्रिय विरामीको संख्या दाङमा अहिले २० जनामा झरेको छ । सक्रिय विरामी मध्ये १७ जना घरमा र ३ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ । यस्तै अहिले घोराहीमा १०, राप्ति र लमहीमा ४/४, तुलसीपुुर र दंगिशरणमा १/१ जना कोरोनाका विरामी रहेका रहेका छन् ।।