२०८१ चैत्र १० गते आइतवार

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन



२६ मंसिर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा उनको काठमाडौं मोडल अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति समेत हुन् । श्रेष्ठका १ छोरा र ३ छोरी छन् ।

बिहीबार अस्पताल भर्ना भएका ८० वर्षीय श्रेष्ठको ब्रेन ह्याम्रेजका कारण निधन भएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।

तत्कालीन राजा महेन्द्रले ०१७ सालमा कू गरेपछि श्रेष्ठ भारत निर्वासनमा गएका थिए । श्रेष्ठ ०१८ सालमा बम बोकेर भारतबाट नेपाल आएका थिए । सोही क्रममा उनी पक्राउ परेका थिए ।

श्रेष्ठ प्रजातन्त्र स्थापनाको आन्दोलनमा पटकपटक गरेर करिब १२ वर्ष जेल बसेको उनलाई नजिकबाट चिन्ने भगवान शाक्यले जानकारी दिए

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्