२०८२ बैशाख १२ गते बिहिवार

सङ्खुवासभामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



२६ मंसिर । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा शुक्रबार मध्याह्न ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका खाँदबारी १ चाँदनी चोकका २५ वर्षीय दिवश राईको उपचारको क्रममा तुम्लिङटारमा रहेको मनकामना अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ बजेको समयमा तुम्लिङटारबाट खाँदबारी आउँदै गरेको को २ त ४३१९ नम्बरको ट्र्याक्टर र खाँदबारीबाट तुम्लिङ्गटार जाँदै गरेको ना ४५ प २०७० नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार दिवसका साथी २७ वर्षीय मनोज सोनाम लिम्बुको मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरसहित चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्