२६ मंसिर ।
बझाङ्ग जिल्लाको बित्थडचिर गाउपालिका वर्डा न. ९ को सुनकुडा बजारमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा बित्थडचिर गाउपालिका सुनकुडा कि २ बर्षिय बालिका दिपिका बिष्ट रहेकी छ्न।
गत २५ गते बेलुका साढे छ बजे चैनपुरबाट महेन्द्रनगर जादै गरेको ना.६ ख. १७९५ नम्बरको बसले ठक्कर दिदा २ दुई बर्षिय बालिका गम्भीर घाइते भएकी थिन।
बेलुका साढे ६बजे तिर रोडको छेउमै रहेको कुखुरा फार्ममा कुखुरालाई चारो दिएर फर्कने क्रम उक्त बसको साइडले ठोक्किएर गम्भीर घाएते भएको प्रहरिले जनाएको छ।
बालिका बिष्टलाई टाउकोमा गम्भीर चोट लागेपछी जिल्ला आस्पताल डडेलधुरा लैजाने क्रममा बाटैमा मृत्यु भएको सुदुरपश्चिम ट्राफिक प्रहरि कार्यालयले जनाएको छ।
उक्त बस चालक दिपक बोहरा र बस दुबैलाइ स्याडी प्रहरी चौकिले नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ।