२०८१ चैत्र ११ गते सोमवार

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो : अमेरिकामा मात्रै १ करोड ६० लाख



२६ मंसिर । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ८१ हजार ५ सय ५० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेको छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये ४ करोड ९१ लाख २९ हजार ३ सय ३९ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख ५९ हजार ९ सय ४२ नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्