२०८१ चैत्र १० गते आइतवार

आगामी तीन दिनको मौसम पूर्वानुमान



मंसिर २६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्