२०८१ मङ्सिर १६ गते आइतवार

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गर्दे नेपाल बन्दको घोषणा



२५ कार्तिक, घोराही –
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव विप्लवले आज एक वक्तव्य जारी गर्दै सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएकोमा बिरोध गर्दै संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको हो । कार्तिक २५ गतेदेखि कार्तिक ३० गतेसम्म संघर्षका कार्यक्रम रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

कार्तिक २५ गते आज दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा २ सय प्रतिशत मुल्य वृद्धि गरेर लुटतन्त्र गरेको विप्लवको भनाइ छ ।।

 

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्