२०८१ माघ २६ गते शनिवार

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च, कहाँ कति ?



२६ कात्तिक । सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम खर्च भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७र०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए ।जसमा हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड समेत समावेश गरिएको जानकारी दिए ।

त्यसैगरी उनले प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख निकासा गरिएको बताए ।

संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको जानकारी दिँदै उनले आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख रकम निकासा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्