२६ कात्तिक । रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ९ का ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
गत कार्तिक २१ गते शुक्रबार सानीभेरीबाट ६६ जनाको स्वाव संकलन गरी परिक्षणको लागि चौरजहारी पि सि आर प्रयोशालामा पठएकोमा उक्त पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिएका पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अहिले उनि होम आइसोलेशनमा रहेको सानिभेरि गाउँपालिका स्वास्थ्य संयोजक छबिलाल केसि ले जानकारी दिएका छ्न।
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार