२०८२ बैशाख ९ गते सोमवार

दाङमा चितुवाको छाला र लागू औषध अफिम सहित दुई पक्राउ



२६ कात्तिक । दाङ प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१२ का २६ बर्षीय मधु डाँगी र प्युठान नौबाहिनी गाउँपालिका वडा नं.५ का २७ बर्षीय धनसिंह टमाटा रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले ३ किलो ७५० ग्राम लागू औषध(अफिम) र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेश चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्