२०८१ चैत्र ११ गते सोमवार

सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै



२६ कात्तिक । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दामा बुधबार सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १६ असोजमा सुनुवाइ भएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

कोभिड-१९ संक्रमणले सुनुवाइ प्रभावित भएको र पछि दशैं विदासमेत परेका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन नै हुन सकेको थिएन। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित छन्।

 

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्