२५ असोज, घोराही –
दाङमा आज १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५ जनाको पिसिआर परिक्षण गर्दा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुने पुरुष तुलसीपुरका रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ५ जना कोरोना मुक्त भएका छन् ।
कोरोना मुक्त हुनेमा घोराही र गढवा का २÷२ र राप्तीका १ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६२ जना रहेको छ । ति मध्य ४७ जना घरमा, ८ जना आईसीयूमा र ७ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार