२०८१ चैत्र १० गते आइतवार

एमसीसीको विरोधमा प्रदर्शन : प्रहरीसँगको झडपमा दर्जनौ घाइते



२६ भदौ,काठमाडौं –
अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा उत्रिएका अभियान्ता र प्रहरीबीच झडप भएको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनको क्रममा भएको झडपमा केही अभियान्ता घाइते भएका छन् ।

विभिन्न सामाजिक अभियान्ताले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शन निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौ अभियान्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी भएका दुई दर्जनबढी अभियान्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्