२६ भदौ,घोराही –
थारु समुदायको महान पर्व अट्वारीको अबसरमा दाङका चारवटा स्थानिय तहहरुले सार्वजनिक बिदा दिएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगिशरण गाउँपालिकाले भोली एक दिन स्थानिय बिदा दिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले थारु समुदायलाई मात्रै बिदा दिएपछि दाङका चारवटा स्थानिय तहहरुले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । अधिक थारु समुदायहरुको बसोबास भएकाले अट्वारी पर्वको अवसरमा स्थानिय विदा दिने निर्णय भएको उनिहरुले बताएका छन् ।
स्थानिय तहहरुले दिएको बिदा उनिहरुको मातहतमा रहेका शाखा, महाशाखा, संस्थाहरु लागु हुने छ । यस वर्ष अट्वारी पर्व भोली परेको छ । थारु समुदायहरुले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।