२६ भदौ, दाङ –
दाङको शान्तिनगर गाउँपालिकामा जीप र मोटरसाइकल ठोक्किदा गम्भीर घाइते सोही गाउँपालिका वडा नम्बर २ बाघरमारेका ४८ वर्षिय रुद्रबहादुर खड्काको मृत्यु भएको छ । खड्काको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।
उहाँसँग घाइते हुनुभएका सोही ठाउँकै ६७ लालबहादुर वलीको भने उपचार भइरहेको छ। शनिबार विहान साढे ८ बजे बाघमारे देखि तीलवारी जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई बाटो पारगर्ने क्रममा हापुरेदेखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८०५ नम्बरको जीपले शान्तिनगर ७ खैरेनीमा ठक्कर दिँदा खड्का गम्भिर घाइते हुनुभएको थियो ।।