२०८१ मङ्सिर २५ गते मङ्गलवार

संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ



२५ भदौ,घोराही –
सङ्खुवासभामा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न एको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ ।।

प्रहरीले आज पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । आजसम्ममा हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालले बताउनुुभयो ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बौद्धमान कार्कीको परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा बौद्धमानका छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो । उक्त घटनाको अनुसन्धानमा सिआइबीको टोली खटिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्