२०८१ चैत्र १० गते आइतवार

कक्षा १२ का विद्यार्थीलाई दाङमा भोली र पर्सी खोप दिइँदै



२६ भदौ, घोराही –
दाङमा कक्षा १२ को परिक्षा दिने १० हजार वढि विद्यार्थीहरुलाई खोप लगाईने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका १० हजार १ सय ५७ नियमित तथा आंशिक विद्यार्थीहरुलाई खोप दिन थालिएका जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहिले जानकारी दिनुुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ र राष्ट्रिय परिक्षा बोर्ड दाङको समन्वयमा भोली र पर्सी एस्ट्रजेनिका खोपको पहिलो मात्रा दिन थालिएको हो ।

सरकारको निर्देशन अनुसार १२ को परिक्षाका लागि विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा खोप लगाउन थालिएको कार्यालयका प्रमुुख शाहीले बताउनुुभयो । उहाँले विद्यार्थीहरुलाई प्रवेश पत्र लिएर गाउँपालिकाको स्वास्थ्य शाखाले तोकेको खोप केन्द्रमा जान समेत आग्रह गर्नुुभयो । परिक्षा यहि भदौ ३० गतेबाट सुरु हुदैछ ।।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्