२०८१ माघ ७ गते सोमवार

दाङमा तीजको नाच हेरेर फर्किदै गरेकी किशोरी बलात्कृत, ३ जना पक्राउ



२६ भदौ घोराही – दाङमा तिजको नाच हेर्ने गएकि १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्