२०८२ बैशाख ११ गते बुधवार

१६ सय धरौटी बुझाउन नसक्दा दाङका एक युवक कारागार चलान



२७ साउन, घोराही –
दाङमा १ हजार ६ सय रुपैयाँ धरौटी बुझाउन नसक्दा एक यूवक कारागार चलान भएका छन् । कारागार चलान हुनेमा घोराही उपमहानगरपालिका वडा नंम्वर १० का १९ बर्षीय छोरा रुपेश चौधरी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

यही साउन १३ गते जिल्ला प्रशासन कार्यालयले युवक विरुद्ध प्रहरीहरु संग बादविवाद गरी शान्ति विरुद्धको कसुर गरेको भन्दै मुद्धा चलाएको थियो । उनलाई प्रशासनले साउन २५ गते १६ सय रुपैयाँ धरौटी तोकेको थियो ।

१६ सय रुपैयाँ धरौटी बुझाउन नसकेपनि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी साउनको २५ गते देखि लागु हुने गरी कारागार चलान भएको जिल्ला प्रशासन कार्यालय दाङका नायव सुब्बा कुबेरजंग खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार युवकको परिवारका कुनै पनि सदस्य अहिले सम्म सम्पर्कमा आएका छैनन् । युवकले यो बिचमा बाँकी धरौटी बुझाएमा रिहा हुने नासु खड्काले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्