२७ असार,घोराही –
दाङमा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनाको पिसिआर परिक्षणमा ११ जना महिला र ९ जना पुरुष गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना र राप्तीका ३ जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ३८ जना पुगेको छ ।
उनिहरु मध्य एक सय ८ जना घरमा, २२ जना अक्सिजन सहितको उपचारमा र आईसियूमा ८ जना विरामी रहेको केन्द्रले जनाएको छ ।यसैविच आज दाङमा ३० जना कोरोनाका विरामी निको भएका छन् ।
आज थपिएका २० जना सहित बैशाख यता दाङमा संक्रमितको संख्या ८ हजार २ सय ८२ रहेका छ भने निको हुनेको संख्या ७ हजार ८ सय ४० पुगेको छ । त्यस्तै बैशाख यता कारोनाबाट मृत्यु हुनेको संख्या २ सय ४ रहेको छ ।।