२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा कोरोना विरुद्ध सचेतना चलाउदै प्रहरी,प्रशासन र व्यवसायी



२७ असार, घोराही –
नागरिकहरुलाई सजक बनाई राख्नका लागि दाङमा कोरोना बिरुद्धको सचेतना मूलक अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा घोराही बजारमा मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम राख्नुपर्ने भन्दै सचेतना मूलक अभियान सञ्चालन गरिएको हो ।

कोरोना संक्रमणको दर अझै नघटेको तर मानिसहरुले लापर्बाही धेरै गर्न थालेपछि तपाईको मास्क खोई भन्दै स्थानिय प्रहरी प्रशासन र उद्योगी व्यवसायी सडकमा आएका हुन् । दाङमा अहिले पनि कोरोनाको संक्रमण दर २० देखी २५ प्रतिशत सम्म कायमै रहेको स्वास्थ्य कार्यालयको भनाई छ ।

तर नागरिकहरुले भने हेलचेक्राँई गर्न थालेपछि सचेतना जगाउन यो अभियान चलाईएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । अभियानका क्रममा मास्क सहि ढंगले लगाउन, भौतिक दुरी काम राख्न अपिल गरिएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्