२७ असार, घोराही-
युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले रोल्पाको दुर्गम क्षेत्र थवाङ आइसोलेसन सेन्टर झकेबाङमा निशुल्क अक्सिजन मिनिप्लान्ट जडान गरेको छ ।
कोरोना महामारीको बेला विरामीहरु अक्सिजन अभावमा मृत्यु हुने समस्यालाई मध्यनजर गर्दै आविस्कार केन्द्रले दुर्गम क्षेत्र थवाङमा निशुल्क अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
१९ लाख ७४ हजार १० रुपैया कुल लागतमा जडान गरिएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्रकिर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश राइ लगायतको समुहले हस्तान्तरण गरेको छ ।
जडित अक्सिजन मिनी प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यस अघि आविस्कार केन्द्रले स्याङजा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ ।।