२७ असार, घोराही –दाङका तीन जनालाई बाँकेमा प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोक स्थित राप्ती गेष्टहाउसबाट घोराही उपमहानगरपालिका ४ का ४९ वर्षिय भक्तबहादुर पुन सोही ठाउँका ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका१ का २१ वर्षिय रोबिन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनालाई रेडपाण्डाको छाला र भालुको पित्त सहित प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुको साथबाट संरक्षित रेडपाण्डाको छाला १ थान, भालुको पित्त ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिनुुभयो ।
३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।।