२०८१ जेष्ठ ३० गते बुधवार

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित



२८ जेठ, घोराही – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेशसभाको १०औं अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो ।

त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेस गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिनुभएको थियो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्