२८ जेठ, घोराही –
दाङमा नवनिर्वाचित जनप्रतिनिधि स्थानीय तहको बजेट बाडफाँडमा सक्रिय भएर लागेका छन् । चालु आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनको अन्तिम चरण चलिरहेको समयमा आगामी आर्थिक वर्ष ०७९/८० को लागि बजेट बनाउने काम पनि भइरहेको छ ।
नेपालको संविधानले असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने अनिवार्य गरेको छ । जसअन्तर्गत स्थानीय तह नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् ।
घोराही, तुलसीपुर, लमही, शान्तिनगर, बबई, दंगीशरण, बंगलाचुली, राप्ती, गढवा र राजपुरले वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । शुरुमा नीति, कार्यक्रम ल्याएर बजेट सार्वजनिक गर्ने योजना स्थानीय सरकारले बनाएका छन् ।।