२०८२ बैशाख १८ गते बुधवार

तुलसीपुरमा रहेका ५४४ जना कैदीबन्दीको निःशुल्क स्वास्थ परिक्षण



२८ जेठ,तुलसीपुर – कारागार कार्यालय तुलसीपुरमा रहेका ५४४ जना कैदबन्दीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेलानको १७ औं स्थापना दिवसका अवसरमा कैदीवन्दीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

मेलान दाङका जिल्ला अध्यक्ष जयप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल स्वास्थ्य प्राविधिक संघ दाङका अध्यक्ष दोर्णबहादुर वलीको विशेष सहयोगमा भएको कार्यक्रमको सहभागीहरुले कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेर मेलानले स्थापना दिवसका अवसरमा महत्वपूर्ण काम गरेको बताएका थिए ।

स्वास्थ्य परिक्षणमा प्राविधिक टोलीमा मेलान जिल्ला कोषाध्यक्ष चिरञ्जीवी ढकाल तथा सदस्य लिलाधर खड्का,नारायण रिजाल ,सालिकराम गौतम, सन्तोष न्यौपाने, ओमकार केसी, युवराज वली, युवराज मल्ललगायतकाको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्