२८ जेठ,घोराही –
लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यसतर्फ लैजाँदै गरिएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा पूर्वदेखि पश्चिम हिडेको गरेको लु अ च ५३३४ नम्बरको गाडीले रा १ प ८४२२ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ मौरीघाटका रञ्जित चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदेश सरकाले कम्पनीबाट गाडी निकालेर बाँके प्रहरीलाई दिनका लागि त्यसतर्फ लैजाँदै गरेको तर हस्तान्तरण भने भइ नसकेको दाङ प्रहरीले जनाएको छ । ती गाडीका चालक पनि कम्पनीकै मान्छे थिए । गाडीको नम्बर प्लेट अस्थायी हो । मोटरसाइकललाई ठक्कर दिने गाडीसहित चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।।