२८ बैशाख,घोराही –नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला मुख्यमन्त्री पोखरलले फेरि ओली नै प्रधानमन्त्री हुने दाबी गर्नुभएको हो । विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने उहाँको जिकिर छ ।
पोखलेले भन्नुभएको छ– ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ ।’
समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उहाँको भनाइ छ ।