२०८२ बैशाख १० गते मङ्गलवार

स्वास्थ्य संकटकाल घाेषणाकाे तयारी



२८ बैशाख,काठमाडौं । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।

सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिनुभयो।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो।

नागरिक दैनिकमा छापिएको समाचार अनुसार प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणा गरी केही समयका लागि देशैभरि लडकाउन गर्ने उल्लेख छ। ‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भन्नुभयो।

प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषदमा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्