२०८१ साउन ५ गते शनिवार

कोरोना संक्रमितको दर बढ्दै, आईतबार ३०३ जनामा कोरोना पुष्टि



२९ चैत,घोराही । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३१२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्