२०८१ साउन ३ गते बिहिवार

बझाङमा एक विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा



२९ चैत ,बझाङ । जिल्लाको एक विद्यालयलाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा गरिएको छ। थलारा गाउँपालिका ७ मा रहेको भगवती आधारभूत विद्यालय लाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय चैत २८ गते शनिबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

थलारा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा विद्यालयलाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा गरिएको बताइएको छ । तिनतारा जिल्लाकै पहिलो नमुना विद्यालय घोषणा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जलस्रोत सल्लाहकार बिष्णु पोख्रेलले विद्यालयमा राष्ट्रिय लक्ष्य र गाउँपालिकाको लक्ष्य बमोजिम बालक्लब शिक्षक अभिभावकहरूलाई तालिम र कार्ययोजना बनाउँदा भगवती आधारभूत विद्यालयलाई तीनतारा नमुना विद्यालय घोषणा गर्न सकिएको बताउनुभयो ।

साथै पोख्रेलले विद्यालयको माग आधारमा बालमैत्री छात्रा मैत्री खानेपानी सौचालय र स्वच्छताका संरचना निर्माण गरिएको पनि बताउनुभयो । थलारा गाउँपालिका सहयोगिक संस्था (जिएसटीडीएस)को सहयोग र (आरभिडब्लूआरएम्पी) को आर्थिक र प्राबिधिक सहयोगमा थलाराका ६ वटा विद्यालयमा नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ ।

आफ्नो विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा भएकोमा सहयोगी विभिन्न संघसंस्था गाउँपालिकालाई हार्दिक धन्यवादका साथै विद्यालयमा फिल्डको समस्या भएकाले फिल्डको लागि पनि सहयोगको अपेक्षा गरेको प्रधानाध्यापक चन्द्रदेव ओझाले बताए ।

त्यस्तै आम अभिभावक र विद्यार्थी पनि जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय भएकोमा अत्यन्तै खुसी भएका छन् । जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बझाङका प्रमुख खडक बहादुर खड्का थलारा गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्याय बिशिस्ट अतिथि र नेपाल स्थित फिनल्यान्ड फिल्ड विज्ञ श्री ईरिक बिशेष अतिथि रहनु भएको विद्यालयका प्रधानाध्यापक चन्द्र देव ओझाले बताएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्