२८ फागुन,घोराही-शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै छन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार