२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा बस र मोटरसाईकल ठोकिदा तिन जना गम्भीर घाइते




२७ फागुन,घोराही –
दाङमा दाङ बस र मोटरसाईकल एकआपसमा ठोकिदा तिनजना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका लमही देखि काठमाडौ जादै गरेको ना ७ ख ५४४२ नम्बरको बस र भालुवाङ् देखि लमही तर्फ आउदै गरेको लु ३३ प ८२५७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी ३७ वर्षिय प्रदिप चौधरी, सोही ठाउँ निवासी ४० वर्षिय बिग्गेश्वर चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ निवासी ४० वर्षिय सन्जोस चौधरी गम्भीर घाइते भएको जिल्ला  प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

घाइते तिनैजनाको खुट्टा भाँचिएको छ । उनिहरूको अहिले लमहीको फलोरेन्स् अस्पतालमा उपचार भइरहेको  छ । शुक्रबार बेलुका सात बजे पूर्वबाट पश्चिम तर्फ एउटा मोटरसाईकलमा तिनजना आउँदै गर्दा राप्ती गाउँपालिका वडा नम्बर ५ लट्ठहवामा बस र मोटरसाइकल ठोक्किएका थिए । बस चालक र बस प्रहरीको नियन्त्रणमा छन ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्