२०८१ साउन ४ गते शुक्रवार

शहीद मार्ग: कालोपत्रे भएको तीन वर्ष नपुग्दै अस्तव्यस्त




२६ फागुन,घोराही- कालोपत्रे भएको तीन वर्ष नपुग्दै शहीद मार्ग अन्तर्गतको दाङको घोराहीदेखि रोल्पाको होलेरी सम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ ।

कालोपत्रे गरिएको सडकमै ठूलठूला खाडल बनेका छन् भने प्रायजसो ठाउँमा कालोपत्रे नै देखिँदैन । ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ ।

२०७५ सालमा कालोपत्रे सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही होलेरी खण्डमा कालोपत्रे उप्किएर खाडल बन्न थालेको हो । जस्को मारमा घोराही उपमहानगरको बगालेदेखि रोल्पाको होलेरीसम्मका स्थानीय र यस सडकमा यात्रा गर्नेहरु परेका छन् ।

एक्जीम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्रे गरिएको हो। सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल खालको निर्माण समाग्री प्रयोग गर्दा कालो पत्रे एक वर्ष नपुग्दै उप्किएको स्थानीयको गुनासो छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्