२०८१ चैत्र ६ गते बुधवार

घोराही १९ काउलीचौर स्थित जनता प्राविमा सरस्वतीको मूर्ती अनावरण



२७ फागुन । घोराही उपमहानगरपालिका वडा न १९ को जनता प्रावि काउली चौरमा सरस्वतीको मूर्ती अनावरण गरिएको छ । पुर्ण बहादुर बस्नेतले दिएको सरस्वतीको मूर्ती विहीवार विद्यालयमा राखिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षता एवम वडा अध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्य र मूर्ती सहयोग दाता पुर्णबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा विद्यालय प्राङगनमा रक्त चन्दन र श्रीखण्डको विरुवा समेत रोपिएको छ ।
त्यसैगरी २०७६ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ । कक्षा १ का पार्वती घर्ती क्षत्री, कक्षा २ का विकास रोका, कक्षा ३ का खेमराज रोका र कक्षा ४ का सुजता विक र अनुशासनतर्फ देवा पुन र सरसफाईतर्फ गीता पुनलाई परस्कार वितरण गरिएको थियो । नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने खेमराज रोका र स्कुलमा सवैभन्दा नियमित छात्र प्रेम रोकालाई पनि पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका शिक्षक मोतीलाल रायमाझीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा वडा अध्यक्ष घर्तीले सवै क्षेत्रको सहयोगबाट विद्यालयमा विकास गर्न सकिने वताए । विद्यालयको शैक्षिक सुधारको लागि अभिभावक, विद्यार्थी र शिक्षकको भूमिका महत्वपुर्ण भएको भन्दै त्यसलाई थप प्रभावकारी बनाएर जानु पर्ने बताए । उनले विद्यालयको पुर्वाधारको लागि वडा कार्यालयले सहयोग गर्ने समेत वताए ।

कार्यक्रममा भगवती मावि होडवाङका प्रधानाध्यापक देविबहादुर घर्ती, वडा सदस्य जंग रोका, विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा वडा सदस्य टंख रोका र मूर्ती सहयोग दाता वस्नेत लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक कमला देवकोटोले गरेकी थिइन ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्