२०८१ भाद्र २९ गते शनिवार

दाङको धारापानी धाममा दर्शनार्थीको घुइँचो



 

 

२७ फागुन,घोराही /
हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज दाङको पाण्डबेश्वर मन्दिर धारापानी धाम सहित देशभरका विभिन्न शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँएको छ ।

दर्शनार्थीहरूको धारापानी लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो थियो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्व्सिसद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्