२०८१ चैत्र ११ गते सोमवार

रुकुम पूर्वमा हजुरआमा र नातिको हत्या, आरोपी पनि मृत फेला



२९ माघ, घोराही – रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जना लाई धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ । भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६० वर्षीय ढाटी बुढा मगर र बुढा मगरको नाति ८ महिनाको समिर बुदामगरलाई घरेलु हतियार खुकुरी प्रहार गरि हत्या गरिएको भेटिएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो । फरार रहेका चन्द्रसिङ पुनमगरलाई खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको डिएसपी खरेलले बताउनुभयो ।

वडा अध्यक्ष श्याम प्रसाद बुदामगरका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएको व्यक्तिको पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ । यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिम बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्