२९ माघ, दाङ- दाङमा खाना पकाउने क्रममा कपडामा सल्केकाे आगोले जलेर एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१९ संग्राम निवासी ६४ वर्षीया इश्वरी वलीको आगलागीबाट जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो।
प्रहरी निरिक्षक राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलिले लगाएकाे कपडामा आगो सल्किँदा उहाँ गम्भीर घाइते हुनुभएकाे थियाे । आगलागी हुँदा वलिकाे पेटदेखि घुँडासम्मको भाग जलेको थियो।
घटना लगत्तै तुलसीपुर स्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकाेमा त्याहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो। तर, काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट साेमबार(माघ २८) दाङ फर्काईएकाे थियाे ।