२८ माघ,घोराही- दाङको तुलसीपुरमा ५ जनाको ज्यान जानेगरी भएको आगालगी घटनाको शोकमा तुलसीपुर चेम्बर अफ कमर्सले एकदिन बजार बन्द गर्ने निर्णय गरेको छ ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा आज तुलसीपुर चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले घटना प्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित सोक सन्तप्ब्ध परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र संघिय सरकार संग माग गरेको चेम्बरका सचिव ऋषीराज भण्डारीले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागि हुँदा पाँच जनाको मृत्यु भएको छ भने करोडौको क्षेति भएको छ ।।