२०८१ कार्तिक २३ गते शुक्रवार

लिखित प्रतिबद्धता गरेर झाँक्री रिहा



२९ माघ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैब सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका(३१ शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो ।

नेकपाको ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता कुँवरले बताए । रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताइन् ।

 

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्