२०८१ असोज २३ गते बुधवार

कोरोना परीक्षण शुल्क घट्यो



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छनिजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र निःशुल्क हुने स्पस्ट पारेको हो ।

अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका अनुसार मन्त्रालयले कारोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छध्र अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढङ्गेलले लेखेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्