२०८१ फाल्गुन ३ गते शनिवार

नमुना बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न



२७ पुस,घोराही- दाङको घोराहीमा रहेको नमुना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेघराज रजौरेको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल अधिकारीको प्रमुख आथ्यिता एवं नेफस्कुन फिल्ड कार्यालय घोराहीका प्रमुख विष्णु जोशीको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

त्यसअबसरमा कार्यक्रमका प्रमुख अतिथि अधिकारीले नमुना बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा निकै उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो । सदस्यको थोरै बचतले पनि संस्थालाई टेवा पुग्ने र स्वंय बतचकताई समेत फाईदा पुग्ने उहाँको भनाई थियो । देशका केहि सहकारीहरुले रकम अपचलन गरेकै कारण पछिल्लो सयम सहकारीलाई हेर्ने दुष्टिकोण केहि फरक भएको हुँदा संस्थाका गतिविधिलाई चुस्तदुरुष्त राख्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेफस्कुन फिल्ड कार्यालय घोराहीका प्रमुख जोशीले संस्थाको दिगोपनाका लागि नियमित बचतलाई प्राथमीकता दिनुपर्ने बताउनुभएको थियो । सहकारी के, किन र कसका लागि भन्ने बारेमा सहकार िशिक्षा आवश्यक रहेकोमा जोड दिनुभएको थियो । त्यसअबसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमा जेष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्तामा प्रेम बहादुर विक, बाल बचतमा सुनेना चौधरी, उत्कृष्ट बचतकर्तामा पवित्रा बोहोरा, लिलाधर जैशी, खिमानन्द सुवेदी, विसाल वुढाथोकीलाई सम्मान गरिएको थियो ।

यस्तै पोषण कुमार श्रेष्ठ, चक्र बहादुर बस्नेत, यज्ञ बहादुर थापा, प्रमोद वली र भरतमणी पोख्रेललाई सम्मान गरिएको हो । संस्थाको प्रतिवेदन अध्यक्ष मेघराज रजौरेले प्रस्तुत गर्नुभएको थियो भने सचिव र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष धुव्र डाँगीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लेट्स डान्स घोराहीका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । संस्थाका सचिव ताराप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार सुशीला ओलीले गर्नुभएको थियो ॥

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्