२०८१ फाल्गुन ३ गते शनिवार

तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती



२७ पुस, नेपालगन्ज – शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा अपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर बागेश्वरी गण अन्तरगत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र अपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो।

उहाँले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको जनाउँदै नरैनापुरको घोरदौरिया सीमा स्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा पुगेर दैनिक रुपमा अनुगमन गरिँदै आएको बताउनुभयो।

सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्